दफा १३
कर फिर्ता वा मिलान गर्ने
(१) कुनै सम्पत्तिमा प्रचलित कानूनबमोजिम छुट्टै कर लागेको रहेछ भने त्यस्तो कर करदाताको निर्धारित सम्पत्ति करबाट कट्टा गरिनेछ ।
(२) कुनै करदाताको कुनै आर्थिक वर्षको कर निर्धारण हुँदा अग्रीम दाखिला गरेको कर रकम बढी दाखिल भएको ठहरिन आएमा करदाताले बुझाउनु पर्ने अन्य आर्थिक वर्षको कर रकममा मिलान गर्न सक्नेछ र त्यस्तो मिलान गर्न सकिने कर रकम नभएमा कर अधिकृतले सो बढी रकम ६ महीनाभित्र फिर्ता दिई सक्नु पर्नेछ ।